

जाजरकोट भूकम्पमा परी आमाबुबा दुवै गुमाएका बालबालिकालाई एलए (लिटल एन्जेल्स) एजुकेसन ग्रुपले नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।
ग्रुपका संस्थापक उमेश र विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै दुई करोडको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्।
सो भूकम्पमा आमाबुबा गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरेर १० जना बालबालिकालाई उच्च माध्यामिक तहसम्म ग्रुप अन्तर्गतका शिक्षा संस्थाबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्ने श्रेष्ठले जानकारी दिए।
शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा हालसम्म १५७ जनाको मृत्यु हुँदा १०० भन्दा बढी घाइते भएका छन्। मृत्यु र घाइतेहरुमा बालबालिकाको संख्या पनि धेरै रहेको छ।
हाल भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ।