जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकहरु अझै तरलताको सकसमा

समाचार

बैंकहरु अझै तरलताको सकसमा

बैंकहरु अझै तरलताको सकसमा

लामो समयदेखि बैंकहरु तरलताको समस्या भोगिरहेका छन् । बैंकमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुलाई तरलताको समस नै परेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २२ वटा बैंकमध्ये १० वटा  बैंकको सीडी रेसियो ८७ प्रतिशतमाथि छ । कुमारी, ग्लोबल आईएमई, नबिल, प्राइम कमर्शियल, लक्ष्मी, कृषि विकास, सिटिजन्स, सनराइज, एनएमबी र हिमालयन बैंक रहेका छन् । अन्य बैंकहरुको तुलनामा यी बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढी भएकाले यी बैंकलाई ऋण दिन अझै सकस पर्ने देखिन्छ ।

सबैभन्दा बढी एनसीसीसँग मर्ज भएको कुमारी बैंकको रहेको छ । पुस मसान्तसम्ममा कुमारीको सीडी रेसियो ९०.७ प्रतिशत रहेको छ । यससँगै अन्य बैंकको तुलनामा कुमारी बैंकलाई कर्जा प्रवाहमा सहज देखिँदैन ।

त्यस्तै, ग्लोबल आईएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सनराइजको ८७.२७ प्रतिशत, एनएमबीको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सीडी रेसियो रहेको छ ।

त्यस्तै, ८७ प्रतिशतभन्दा कम सीडी रेसियो हुनेमा बाँकी १२ बैंक रहेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम सीडी रेसियो रहेको छ । पुस मसान्तसम्ममा बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत छ । यससँगै अन्य बैंकहरुको तुलनामा स्ट्याण्डर्ड चार्टर्डलाई कर्जा प्रवाहमा निकै सहज देखिन्छ ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?