जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम कमर्शियल बैंकको १० वर्षे अवधिको ऋणपत्र निष्कासन

प्राइम कमर्शियल बैंकको १० वर्षे अवधिको ऋणपत्र निष्कासन

प्राइम कमर्शियल बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ । 

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । 

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरिदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ३० गतेसम्म विक्री खुला गरिने बैंकको भनाई छ । 

यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरिदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । योे रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ ।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका