जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सानिमा बैंकले ल्यायो चाडपर्व विशेष योजना

सानिमा बैंकले ल्यायो चाडपर्व विशेष योजना

सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्ने योजना ल्याएको हो ।

बैंकले ल्याएको उक्त छुट पाउनका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग भएको हुनुपर्नेछ । यस योजना फागुन २५ गतेबाट लागू हुनेछ । छुट प्राप्त गर्नका लागि महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनु पर्नेछ ।

साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि सानिमा बैंकको आधिकारिक वेबसाइट https://icard.sanimabank.com वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सकिने छ ।

साथै, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका