जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

मिति २०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको  के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।

4075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका