जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको बीमा कोषमा ८४ करोड ३० लाख

प्रभु इन्स्योरेन्सको बीमा कोषमा ८४ करोड ३० लाख

प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी घटेको छ  ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ८४ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७० करोड ९७ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको छ ।

१ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड १० लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २३ करोड ७८ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४७ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ४९ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ ।

आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासमा कम्पनीको खुद नाफा २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २६ करोड ५० लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा पनि बढेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले १६ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ३ रहेको छ । पी ई अनुाित ४२ गुणा रहेको छ ।

5055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका