जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एक बीमक एक अभिकर्ता’ व्यवस्थापन अनलाइन प्रणालीबाट, प्राधिकरणद्वारा कार्यान्वयन सुरु

एक बीमक एक अभिकर्ता’ व्यवस्थापन अनलाइन प्रणालीबाट, प्राधिकरणद्वारा कार्यान्वयन सुरु

नेपाल बीमा प्राधिकरणले एक बीमा कम्पनीमा एक अभिकर्ता रहने गरी अनलाइन प्रणालीको व्यवस्था गरेको छ।
प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणालीमार्फत काम शुरु गरेको हो।

प्रविष्ट गरेको स्थायी लेखा नम्बरका आधारमा अध्ययन गर्दा समान प्रकृतिका दुई वा दुईभन्दा बढी बीमा कम्पनीमा काम गर्नेको संख्या ५ हजार ४५ रहेको पाइएको छ। एकभन्दा बढी बीमकमा कार्यरत बीमा अभिकर्ताहरुलाई एउटा बीमक छान्न मिल्ने व्यवस्था ‘वान टाइम पासवर्ड’ मार्फत गरिएको छ ।

साथै, अनलाइन प्रणाली मार्फत बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण भएको जानकारी इमेल मार्फत सम्बन्धित व्यक्तिलाई जानकारी दिने व्यवस्था समेत मिलाइएको प्राधिकरणले जनाएको छ।

पछिल्लो समय एक अभिकर्ताले दुई भन्दा धेरै बीमा कम्पनीमा काम गर्दा प्रतिस्पर्धाका कारण विभिन्न घट्नाहरु हुन थालेपछि प्राधिकरणले एक बीमक एक अभिकर्ताको व्यवस्था गरेको हो।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?