जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगदम्बा स्टिल्सले ल्यायो ग्याल्भा प्लस र सुपर साइन

जगदम्बा स्टिल्सले ल्यायो ग्याल्भा प्लस र सुपर साइन

शंकर समूहको जगदम्बा स्टिल्सले नयाँ प्रविधिमा आधारित जस्तापाता बजारमा ल्याएको छ। जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन बजारमा भित्र्याएको हो। यसका लागि कम्पनीले केही समय अघि मात्रै सिमरामा अत्याधुनिक प्लान्टको स्थापना गरेको थियो।

वार्षिक तीन हजार टन उत्पादन क्षमताको शंकर समूह देशकै ठूलो फलामे छड उत्पादक कम्पनी हो। साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि शंकर समूह भएको बताइएको छ। जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड सिट जसलाई ग्याल्भल्युम पनि भनिने कम्पनीले जनाएको छ। 

‘एक अलोय कोटिङ गरिएको उत्पादन हो। जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित हुन्छ। जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेसनबाट बचाउँदछ। परिणामस्वरूप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँदछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विभिन्न रंगको विकल्पमा उपलब्ध ग्याल्भा प्लस लाई भने जगदम्बा सुपर साइनको नाम दिइएको कम्पनीले जनाएको छ। एल्मुनियमले जगदम्बा ग्याल्भा प्लस वा जगदम्बा सुपर साइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टील भन्दा भिन्न बनाउने दाबी कम्पनीको छ।

जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंक कोटिङ भएको कम्पनीले जनाएको छ। 

जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात समेत गर्दै आएको छ। जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको कम्पनीले जनाएको छ। 

जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता भएको जिकिर कम्पनीको छ। जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएको बताइएको छ। एल्मुनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्ने कम्पनीले जनाएको छ।

जगदम्बा ग्याल्भा प्लसले पातामा अधिक तौल नथिप्ने, उच्च मजबुती र वजन अनुपात कायम राख्ने कम्पनीले जनाएको छ। जगदम्बा सुपर साइन प्रिमियम रंङद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रङ प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्ने कम्पनीले जनाएको छ।

उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्ने बताइएको छ। यो प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने दाबी कम्पनीको छ। 

जगदम्बा सुपरसाइनको सतहमा एक सुरक्षात्मक ‘गार्ड फिल्म’ प्रयोग गरिएको बताइएको छ। जसले गर्दा ढुवानी र  भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्ने बताइएको छ।

4130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका