जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • गरिमा विकास बैंक १७ औं वर्षमा

गरिमा विकास बैंक १७ औं वर्षमा

एक्सेस टू अल नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंकले ७ गते वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

बैंक बिहीबारबाट आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकको यात्रामा साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १ सय २३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ। हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणअनुसार बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

६८ अर्ब रुपैयाँ कर्जा लगानीमा गरेको छ। ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ।

बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १ सय २३ औं शाखा विस्तार गरेको छ। साथै देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गरेको छ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका