Sticky Breaking News
वाणिज्य बैंकहरुको मर्जरले अनुभवी बैंकरहरुका मनहरु फाटेका छन्, सम्बन्धहरु टुटेका छन्, सकस र पीडा पनि उस्तै, हेपाई सहेर दबाबमा काम गर्नुपर्ने बाध्यताः राष्ट्र बैंक बेखवर ।
३३ वाणिज्य बैंकहरु मर्जर भएर २० वटामा झरेका छन् पुँजी बढेको पक्कै छ । नाफा पनि बढेकै होला, शाखा सञ्जाल पनि बढेकै छन् । तर, अनुभवी बैंकरहरुले जागिर मात्र छाडेका छैनन् । जागिर खाएकाहरुले पनि सकर र पीडा विच पनि हेपाई दबाबमा सहेर काम गरिरहेका छन् भन्दा अब चाहि फरक पर्दैन । बैंक मर्ज भए राष्ट्र बैंकले दिने सुविधा र सहुलियत पनि मर्जर भएका बैंकहरुले लिए तर, ठूला भनिएका घर घरानाका बैंकले साना बैंकका कर्मचारीहरुलाई यति पीडा दिएकी खाउँ भने दिन भरीको शिकार नखाउ भने हजुरबुबाको अनुहार भन्ने उखान जस्तै बनेको छ । बैंकको जागिर गभर्नर साब हेक्का होस् । सकिन्छ भने मर्जर भएका बैंकका कर्मचारीहरुको अवस्था कस्तो छ । अध्ययन होस् । गल्ती भेटिए निर्देशन पनि होस् ।
भनिन्छ जीवनको २०/२२ वर्षको अल्लारे उमेरमा बैंकको जागिर खाएका २÷३ दर्शकको अनुभव बटुलेका दर्जनौ बैंकरहरुको अहिले रोजी रोटी गुमेको छ । ठूला बैंकसंग मर्जर भएपछि साना भनिएका बैंकहरुका सीइओहरुलाई जागिर छोड्न बाध्य बनाईयो । जागिर खाएकाहरुलाई पनि डिसीइओ, डिजिएम, एजिएम पद दिए पनि अधिकार अझै नदिएको एक बैंकरले नमिठो अनुभव पंक्तिकारसंग पोखे । उनीले भने मर्जरपछि सीइओ देखि उच्च कर्मचारीहरु बैंकको जागिर छोडेर विदेश पलायन भए । भने कतिपयले आफ्नै सानोतिनो व्यवसाय गर्न वाध्य भएका छन् उनीले थपे हामी १÷२ तह घटुवा भएर काम गर्नेहरु माथी सकस मात्रै छैन पीडा सहन नसक्ने छ । तरपनि हेपाई सहेर, अधिकार नपाएर पनि रोजी रोटीका लागि हामी काम गर्न बाध्य छौं नि ।
यहि हो मर्जरको सुखद पक्ष, यहि हो नयाँ दुलहीलाई गर्ने व्यवहार गभर्नर महाप्रसाद अधिकारी ज्यू हेक्का होस् । भनिन्छ नि बच्चा पाउने महिलालाई मात्रै थाहा हुन्छ बच्चा जन्माउदा कति पीडा र वेदना हुन्छ भनेर राष्ट्र बैंकका गभर्नर, डिपुटी गर्भनरद्वयलाई बैंकरको पीडा त्यती बेला थाहाँ हुन्छ जब आफू माथी वा आफ्नो पद माथी राज्यले हस्तक्षेप गर्दछ ।
उनीको शब्द सापटी लिने हो भने घर घराना र ठूला समूहको लगानी भएका अधिकाशं बैंकमा सिनियर मेनेजरलाई शाखा प्रमुख बनाएर काम गराइएको अवस्था छ । त्यही हो हेपाई र प्रतिष्ठाको पीडा भदा फरक पर्दैन । यहि हो मर्जरको सुखद पक्ष, यहि हो नयाँ दुलहीलाई गर्ने व्यवहार गभर्नर महाप्रसाद अधिकारी ज्यू हेक्का होस् । भनिन्छ नि बच्चा पाउने महिलालाई मात्रै थाहा हुन्छ बच्चा जन्माउदा कति पीडा र वेदना हुन्छ भनेर राष्ट्र बैंकका गभर्नर, डिपुटी गर्भनरद्वयलाई बैंकरको पीडा त्यती बेला थाहाँ हुन्छ जब आफू माथी वा आफ्नो पद माथी राज्यले हस्तक्षेप गर्दछ । गर्भनर साब हेक्का होस् । सकिन्छ भने मर्जर भएका बैंक भित्रको कर्मचारीका पीडा, सकस, बेदनाको बारे जानकारी लिने प्रत्यत्न गरौं । मर्जर पछि बैंक भित्र भएका बदमासी प्रसस्त भेटिएका छन् । कर्जा दिँदा रकम लिने, ग्राहकको पैसा सिस्टम बाहिर राखेर चनाउने ।
मनहरु फाटेका मात्रै छैनन् रोएका पनि छन् । सकस र पीडामै जाजिर छाड्नेहरुको लर्को नै लागेको भेटिएको छ । गभर्नर साब हेक्का होस् । छानवीन तत्कालै गरियोस् । वर्षौंदेखि संघर्ष गर्यो । संघर्षले सफलता पनि हात लाग्यो । त्यही सफलताको स्वाद चाख्नै लाग्दा त्यो पदबाट बाहिरिनुको बाध्यता, पीडा र सकस कस्तो हुन्छ सबैलाई थाहा नै होला ?
नक्कली धितोमा करोडौं कर्जा दिने यस्ता कर्मचारीलाई कारवाही हुनपर्दछ । तर, अनुभव बटुलेका पूराना दक्ष बैंकरहरुलाई दबाब दिएर घर पठाउनु कति उचित हुन्छ । भनिन्छ नि ठूला माछाले साना माछा खान्छ यस्तै भएको छ मर्जर भएका घर घराना र ठूलो समूहका लगानी भएका बैंकहरुमा यसले अनुभवी बैंकरहरुका सम्बन्धहरु टुटेका छन् । मनहरु फाटेका मात्रै छैनन् रोएका पनि छन् । सकस र पीडामै जाजिर छाड्नेहरुको लर्को नै लागेको भेटिएको छ । गभर्नर साब हेक्का होस् । छानवीन तत्कालै गरियोस् । वर्षौंदेखि संघर्ष गर्यो । संघर्षले सफलता पनि हात लाग्यो । त्यही सफलताको स्वाद चाख्नै लाग्दा त्यो पदबाट बाहिरिनुको बाध्यता, पीडा र सकस कस्तो हुन्छ सबैलाई थाहा नै होला ? एउटा संस्थालाई सुरूवाती दिनदेखि हुर्कायो, सानो संस्थाबाट देशभर शाखा सञ्जाल फैलायो, काम गर्ने कर्मचारीहरूलाई दक्ष बनायो अनि तिनै सहकर्मी साथीहरूको साथ एक्कासी छोडेर जाँदा कसको मन नदुख्ला कसको मन नरोला ?
मर्जरकै चपेटामा परेर बैंकिङ छोडेका एक पूर्व बैंकरले पंक्तिकारसंग नाम नराख्ने सर्तमा भने, ‘बाहिर देख्दा बैंकर भनेर चिन्छन्, भित्र काम गर्दाको पीडा सौतेनी आमाको व्यवहारझैं हुन्छ, ठूलो संस्थाले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहार असह्य भए पनि काम गर्नै पर्ने बाध्यतामा धेरै बैंकरमा छ नि । गभर्नर साब मर्जर भएका बैंकका कर्मचारी मात्रै होइन बैंकको उच्च तह अर्थात् प्रमुख कार्यकारी अधिृकत (सीईओ) भएर काम गर्दै गरेका व्यक्ति सोही पीडा सहन नसेर बाहिरिएको भेटिएको छ ।
वर्षौंदेखि मेहनत गरेर बैंकमा जागिर खायो । जागिरपछि पनि बैंकले दिएको एकपछि अर्को ‘टार्गेट मिट’ गर्नुपर्ने दबाब, अनि त्यो सकसकाबीच बढुवा भएर माथिल्लो पदमा पुग्यो । तर, माथिल्लो पदमा पुगेको केही वर्षमै काम छोड्नु पर्ने बाध्यता अहिले बैंकिङ क्षेत्रमा व्याप्त छ । किन यसो गरे गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ । दुई संस्था मर्जरपछि ठूलो संस्थाका कर्मचारीले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहारले धेरैको मन दुख्छ । मर्जरकै चपेटामा परेर बैंकिङ छोडेका एक पूर्व बैंकरले पंक्तिकारसंग नाम नराख्ने सर्तमा भने, ‘बाहिर देख्दा बैंकर भनेर चिन्छन्, भित्र काम गर्दाको पीडा सौतेनी आमाको व्यवहारझैं हुन्छ, ठूलो संस्थाले सानो संस्थाका कर्मचारीलाई गर्ने व्यवहार असह्य भए पनि काम गर्नै पर्ने बाध्यतामा धेरै बैंकरमा छ नि ।
गभर्नर साब मर्जर भएका बैंकका कर्मचारी मात्रै होइन बैंकको उच्च तह अर्थात् प्रमुख कार्यकारी अधिृकत (सीईओ) भएर काम गर्दै गरेका व्यक्ति सोही पीडा सहन नसेर बाहिरिएको भेटिएको छ । ठूलो संस्थामा कार्यरत कर्मचारीहरूको व्यवहारसँगै बोर्डको दबाब सहन नसकेर पद त्याग्दै घर फर्केको भेटिएको छ भन्दा फरक पर्दैन । मर्जर पछि बैंक छाडेर हिँडेका वा छोड्न बाध्य बनाइएको सीइओ डिसीइओ डिजीएमहरुको कथा भित्रका पात्र कस्ता छन् त त्यो पनि हेरौं ।
रमेशराज अर्याल पूर्व सीइओ कुमारी बैंक लिमिटेड
कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका रमेशराज अर्याल केही दिनअघि मात्रै बैंकबाट बिदा भए । उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै सीईओबाट राजीनामा दिएको बताए पनि भित्री कथा भने फरक छ । भित्री कहानी जेजस्तो भए पनि उनको बहिर्गमन भने दुःखदायी र नमिठो र पीडादायी बनेको पक्कै छ । तत्कालीन एनसीसी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरिसकेका उनी कुमारी बैंकसँग एनसीसी मर्जर भएपछि पनि उनी नै कुमारी बैंकको सीईओ नै बने । मर्जरपछि बनेको कुमारी बैंकमा अनुभवी बैंकर अर्यालको नेतृत्वले थप उचाइ हाँसिल गर्ने अपेक्षा धेरैको थियो । तर, त्यो अपेक्षा पुरा नहुँदै उनले बैंकबाट बाहिरिनु पर्यो । कारण हो बैंक सञ्चालक समितिको चर्को दबाब । उनले एनसीसी बैंकमा तीन दशक लामो समयसम्म काम गरे । साढे तीन दशक बढी बैंकिङ अनुभव भएका उनले वि.स २०७२ देखि एनसीसी बैंकको नेतृत्व पनि गरे । तर, उनी मर्जरको चपेटामा परे । उनको नेतृत्वको कुमारी बैंकमा आन्तरिक कलह बढेपछि उनले बैंकबाट बिदा हुनु पर्यो । अहिले कुमारी बैंकको नेतृत्व बैंक संचालक समितिको आज्ञाकारी बैंकर रामचन्द्र खनालले गरिरहेका छन् । गभर्नर साब हेक्का होस् ।
सुमन शर्मा पूर्व सीइओ सनराईज बैंक लिमिटेड
बाणिज्य बैंक बिग मर्जरको मर्कामा परेका अर्का एक अनुभवी बैंकर हुन सुमन शर्मा । नेपाली बैंकिङ क्षेत्रमा शर्माको नाम पनि अग्रणी रूपमा आउँछ । तर, उनलाई पनि बैंक मर्जरले बेरोजगार बनायो । वि.सं २०७७ माघमा तत्कालीन सनराइज बैंकको सीईओ बनेका उनी सनराइज बैंक लक्ष्मी बैंकसँग मर्ज भएपछि शर्मा बैंकबाट नै बाहिरिए । उनलाई बैंकले मर्जरपछि बन्ने लक्ष्मी सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिृकत बनाउने प्रस्ताव गरेपनि उनले सो प्रस्तावलाई अस्वीकार गर्दै बैंकबाट नै बिदा भए । कारण हो उनी भन्दा जुनियर बैंकर लक्ष्मी सनराईज बैंकको सीइओ बन्नु ।
करिब साढे तीन दशक बैंकिङ अनुभव भएका शर्माले माछापुच्छ्रे बैंकमा पनि सीईओ भएर काम गरे । तर, सनराइज बैंकको सीईओका लागि अफर आएपछि उनी २१ महिनामै पदबाट राजीनामा दिएर माछापुच्छ्रे बाट सनराइजको सीईओ बन्न पुगेका थिए । तर, कार्यकाल पुरा गर्न नपाउँदै उनले सनराइजमा पनि बिचमै हात धुनु पर्यो । उनीसँग ग्लोबल आइएमई, नेपाल एसबिआई र एनएमबि बैंकमा पनि काम गरेको अनुभव छ । शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् । भन्दा फरक पर्दैन । गभर्नर साब ।
श्रवणलाल मास्के बैंक अफ काठमाण्डूका पूर्व सीइओ
बैंकर श्रवणलाल मास्केका लागि पनि बिग मर्जर फलामको चिउरा बन्यो । तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ भएर काम गरिरहेका उनी सो बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि उनी वरिष्ठ डीसीईओ बने । तर विडम्बना, डीसीईओ बनेको ७ महिनामै उनी बैंकबाट बाहिरिए । उनले पनि आफ्नो स्वास्थ्य अवस्था कारण देखाउँदै राजीनामा दिए पनि ग्लोबल आइएमई बैंकमा आफ्नो भूमिका नदेखिएपछि बाहिरिएको भेटिएको छ । बैंकिङ क्षेत्रमा साढे तीन दशक समय बिताएका उनको बहिर्गमन पनि नमिठो बन्यो । मास्केले नबिल बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङबाट बाहिरिए । यो मर्जरको अर्को पीडादायी फल हो भन्दा फरक पर्दैन ।
सुनिल पोखरेल पूर्व सीइओ सिभिल बैंक लिमिटेड
तत्कालीन सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओको रूपमा काम गरिरहेका सुनिल पोखरेल नेपाली बैंकिङ क्षेत्रबाटै बाहिरिए । उनलाई हिमालयन बैंकको डीसीईओ बनाउने प्रस्ताव गरे पनि उनले त्यो प्रस्ताव अस्वीकार गर्दै बैंक छाडे । पछि सिभिल बैंकबाट हिमालयनमा जाने कर्मचारीमध्येबा सिनियर बने सचिनजंग रायमाझी । तर, रायमाझीका लागि पनि हिमालयन फापेन । उनी पनि केही महिनापछि हिमालयन बैंक छाड्न बाध्य भए । गभर्नर साब अहिले हिमालयन बैंकमा उच्च दर्जनौ कर्मचारीलाई करारमा राखीएको छ । ती पनि भिआरएस लिएकालाई भन्दा फरक पर्दैन । कहाँ छ राष्ट्र बैंक ? गभर्नर साब के हिमालयन बैंकलाई सोध्न पनि सकिदैन । कारण के हो ? सिभिल बैंक छाडेपछि पोखरेल हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका छन् भने रायमाझी पनि पछि सोही बैंकमा काम गर्न गए । पोखरेल र रायमाझीका लागि मर्जर पीडा बन्यो ।
अनुपमा खुञ्जेली पूर्व सीइओ मेगा बैंक नेपाल लिमिटेड
नेपाली बैंकिङ क्षेत्रको पहिलो महिला सीईओको परिचय बनाएकी अनुपमा खुञ्जेलीलाई धेरैले ठूलो सम्भावना भएको ‘लेडी बैंकर’ को रूपमा हेरेका थिए । तर, उनले पनि बैंक मर्जरको पीडा भोग्नु पर्यो । मेगा बैंकको सीईओ भएर काम गरिरहेकी खुञ्जेलीले बैंकमा दोस्रो कार्यकालका रूपमा दोहोरिन खोजे पनि बैंक सञ्चालक समितिले उनको दोस्रो कार्यकाल नथप्ने निर्णय गरेपछि उनी बिचमै राजीनामा गरेर बैंकबाट बाहिरिन् । भन्दा फरक पर्दैन । कारण थियो मेगा बैंक एनआईबीएलसंग मर्जर ।
मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा थियो । त्यसैले पनि बैंक् सञ्चालक समितिले उनलाई दोहोर्याउन नखोजेको हो । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनी अनुभवी र दक्ष सीइओहरुको सूचीमा पर्ने बैंकर हुन् ।
मनोज न्यौपाने पूर्व सीइओ सेञ्चुरी कर्मशियल बैंक लिमिटेड
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका मनोज न्यौपाने अहिले प्रभु बैंकको वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । युवा पुस्ताका सफल बैंकरको परिचय बनाएका उनलाई पनि मर्जरकै कारण डीसीईओमा चित्त बुझाउनु पर्ने बाध्यता आयो । दुई दशक बैंकिङ अनुभव भएका न्यौपानेलाई धेरैले अब प्रभु बैंकको सीईओका रूपमा हेरेका छन् । प्रभु बैंकका सीईओ अशोक शेरचनको कार्यकाल सकिएपछि न्यौपाने नै सीईओ बन्ने लाइनमा देखिन्छन् । भन्दा फरक पर्दैन । तत्कालीन लक्ष्मी बैंकबाट बैंकिङ करिअर सुरु गरेका न्यौपानेसँग हिमालयन र तत्कालीन सनराइज बैंकमा पनि काम गरेको अनुभव पनि छ ।
भुपेन्द्र पाण्डे पूर्व सीइओ नेपाल बंगलादेश बैंक लिमिटेड
तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकका सीईओ भुपेन्द्र पाण्डे सो बैंक नबिलमा गाभिएपछि उनी पनि नबिलको डीसीईओ बने । युवा पुस्ताका बैंकरमध्ये उनलाई पनि ठूलो सम्भावना भएको बैंकरका रूपमा चिनिन्छन् । एनबी बैंकमा जानुअघि उनी नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओ थिए । एनबी बैंकको सञ्चालक समितिले उनलाई सीईओ बनाउने योजनाका साथ नियुक्त गरेको थियो । र, सीईओ पनि बने । तर, सीईओ बनेको केही महिनामै बैंक नबिल बैंकसँग गाभियो र उनी पनि नबिल बैंकको डीसीईओ बने । विडम्वना, सीईओ बनिसकेका पाण्डे अहिले नबिल बैंकमा पाँचौं वरियतामा छन् । भन्दा फरक पर्दैन । यहि हो मर्जरको सुखद पक्ष गभर्नर साब । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी लामो समयसम्म सोही बैंकको विभिन्न पदमा रही काम गरे । निफ्रा खुलेपछि उनी त्यहाँ डीसीईओको रूपमा प्रवेश गरे । सञ्चालक समितिले निफ्राको नयाँ सीईओमा रामकृष्ण खतिवडालाई भित्र्याएपछि उनी असन्तुष्ट हुँदै एनबी बैंक पुगेका थिए । त्यहाँ पनि उनले लामो समय काम गर्न सकेनन् र अन्ततः नबिल बैंकको डीसीईओकै रूपमा काम गर्न बाध्य भए । मर्जरको पीडा कति हुन्छ यसबाटै प्रस्टै देखिन्छ ।
अनलराज भट्टराई पूर्व सीइओ कर्मज एण्ड ट्रष्ट बैंक लिमिटेड
कमर्स एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकसँग मर्जर भएपछि सीईओकारूपमा काम गरिरहेका अनलराज भट्टराई पनि बैंकिङ क्षेत्रबाटै बिदा भए । त्यतिबेला उनले बैंक छाड्न नै खोजेको धारणा राखे पनि उनी पनि मर्जरको मर्कामा परे । धेरैले मर्जरकै कारण उनी बेरोजगार भएका टिप्पणी गरेका थिए । भन्दा फरक पर्दैन । यि त उदाहरण मात्रै हुन् गभर्नर साब मर्जरको बिचमा जागिर छोड्ने र मर्जर पछि पनि जागिर छोड्न बाध्य बनाइएका सयौं बैंकर छन् । उच्च पदमा कार्यरत ग्लोबल आईएमई बैंकका डिसीइओ महेश ढकाल, सनराईज बैंकका डिजीएम (कम्पनी सचिव) रविन नेपाल मेगा बैंक नेपाल लिमिटेडकी रविना देशराज श्रेष्ठ, प्रभु बैंककी डिजिएम अनुपमा मान्नधर, यि लगायत उच्च एजीएम, डिपुटी मेनेजर, मेनेजर देखि लिएर पियनसम्मका सयौं बैंकरको जागिर मर्जरले पछि गएको छ । भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् । सचेत भया । (आर्थिक बजार राष्ट्रिय मासिकबाट साभार गरिएको)