जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • २८ वाणिज्य बैंकलाई ४८ करोड कमिशन

समाचार

२८ वाणिज्य बैंकलाई ४८ करोड कमिशन

लामा र लामिछानेद्वारा बैंक र इन्स्योरेन्समा लुट

२८ वाणिज्य बैंकलाई ४८ करोड कमिशन

सुन्दा पनि अचम्म लाग्ने एउटा डरलाग्दो कमिशनको खेल राज्यकै ढुकुटीको पैसामा २८ वाणिज्य बैंकहरुलेनै देखि÷देखि गरेका छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

राष्ट्रिय सेवक कर्मचारी, प्रहरी, नेपाली सेना, निजामती कर्मचारी लगायत अवकास पाएका कर्मचारीका पैसा बैंकबाट दिइने गरिन्छ । यसवर्ष ४८ अर्ब पैसा अबकास भएका कर्मचरीहरुलाई २८ बैंकबाट वितरण गरिदैछ । यसबाट १ प्रतिशत कमिशन बैंकहरुले पाउने व्यवस्था छ । जसमा बैंकहरुले ४८ करोड राज्यको पैसाबाट कमिशन पाउने देखिन्छ ।

वित्तिय अनुसाशन विपरित सरकारले पैसा दिए वापत १ प्रतिशत कमिशन बैंकहरुलाई दिनु नीतिगत भ्रष्टाचार भएको पूर्व गर्भनर तिलक रावलको दाबी छ । कमिशन विना बंैकहरुले चिया पनि दिँदैनन् । उनीहरुले जे गर्दा पनि कमिशन लिने गरेको एक पूर्व सीइओले आर्थिक बजारन्यूज डटकमलाई बताए ।

डेविट कार्ड, एसएमएस बैकिङ्ग, मोबाइल बैंकिङ्ग, कर्जा शुल्क, बैंक इस्टमेट दिँदा, पिन परिवर्तन गर्दा समेत पैसा बैंकहरुले ग्राहकबाट लिनु कति उचित होला ?
आफूलाई नियमक निकाय भन्ने राष्ट्र बैंक तै चुप मै चुप छ कारण हो राष्ट्र बैंकका पिउन देखि गर्भनर सम्मलाई २८ वटै वाणिज्य बैंक ससुराली झै भएका छन् । जति खेर पनि उनीहरुका लागि घिउ र भात जस्तै ।

सरकारी पैसा कर्मचारीलाई वितरण गर्दा पनि कमिशन लिने बैंकहरुले नाफा नकमाए के कमाउने हुन त ? त्यसैले बैंकमा सधैं नाफा छैन घाटा ।
घुमाई फिराई सञ्चालकले होटलमा रक्सी खाएका बिल देखि आफ्नै संचालकले आफै छोरा छोरीका नाममा दर्ता गरिएका दर्जनौ अनलाइन पोष्टहरुमा बैंकको ठूलो धनरासीको विज्ञापन दिलाएर मोटो कमिशन लिने गरेको समेत भेटिएको छ ।

यसको पछिल्लो उदाहरण हो प्रमु बैंककी संचालक अम्बिका शर्मा लामिछानेका छोरा सुवास शर्मा संचालक रहेको नेपाल खोजखबर डटकम । के आफै संचालक भएको बैंकको र प्रभु ग्रुपमा आवद्ध सबै कम्पनीहरुका विज्ञापन आफ्नै छोराको अनलाइन पोर्टलमा राख्न पाइन्छ । गर्भनर डा. चिरनजीवी नेपाल ज्यू ?

अर्को प्रभू इन्स्योरेन्स कम्पनीकी अध्यक्ष कुसुम लामाले संचालन गरेको बैंकिङ्ग खबर डटकममा पनि प्रभू ग्रुपको लाखौको विज्ञापन छ । यो गर्न पाइन्छ कि पाइदैन बीमा समितिमा अध्यक्ष चिरनजीवी चापागाईज्यू यसको उत्तर तपाईसंग छ ? यी त पात्र मात्रै हुन ।

बैंक र वित्तिय संस्था भित्र के चाहि हुँदैन । त्यसको खोजी अब शुरु गर्नुपर्ने बेला आएको छ । दर्जनौ बदमासी बैंक भित्र भए पनि बदनाम हुने डरले सीइओहरुले वाहिर ल्याउन चाहदैनन् । कर्मचारीलाई जागिरबाट हटाएर चुपचाप लागेका सयौं उदाहरण हामीसंग छन् । यसै कारण दिने बैंकहरुमा दर्जनौ घटना घटेका छन् भन्दा फरक पर्दैन सचेत भया ?

11210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका