जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

लक्ष्मी बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले असार २८ गतेदेखि साउन ५ गतेसम्म साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यमा ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कुल कित्तामध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो भने बाँकी १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको हो ।

बैंकले तोकिएको अवधिभित्र प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तवरमार्फत प्राप्त आवेदनको हकमा आंशिक रुपमा ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

ऋणपत्र विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

4985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका