जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सिटिजन लाइफले ८७.३४% बढायो खुद नाफा

सिटिजन लाइफले ८७.३४% बढायो खुद नाफा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ९ महिनामा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले पोहोर ९ महिनाको तुलनामा ८७.३४ प्रतिशतले खुद नाफा आर्जन वृद्धि गरेको हो।

पोहोर तेस्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। लगानी तथा कर्जाबाट हुने आम्दानी र खुद प्रिमियम बढाउँदा कम्पनीको नाफामा सुधार देखिएको हो।

९ महिनामा कम्पनीले ७.०४ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरेको छ। पोहोर चैतसम्म ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो।

कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी ४६.६५ प्रतिशतले वृद्धि गरेको छ। पोहोर ९ महिनामा कम्पनीले लगानी तथा कर्जाबाट ७८ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ।

हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ९.५३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७५.७२ रुपैयाँ छ।

395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका