जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • नेपाल टेलिकमको सिममा थपियो नयाँ सुविधा, रिचार्ज गर्दा थप बोनस सुविधा

नेपाल टेलिकमको सिममा थपियो नयाँ सुविधा, रिचार्ज गर्दा थप बोनस सुविधा

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने छ भने रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको कम्पनीले बताएको छ ।
यस्ता छन् टेलिकमले थपेका सुविधा :

नयाँ सिममा थप सुविधा

९० रुपैयाँमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत एक जीबी डाटा चलाउन सकिने छ भने कम्पनीकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ ।

यी सबै सुविधा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्ससमेत उपलब्ध हुनेछ ।

कक्षा ८ देखि माथिका विद्यार्थीलाई सिम

कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमार्फत एक जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुनेछ ।

डाटा बोनस

विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ ।

यस अनुसार एमपोसमार्फत १०० देखि १९९ रुपैयाँको रिचार्ज गर्दा एक दिनका लागि एक जीबी, २०० देखि ४९९ रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन एक जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत् १०० रुपैयाँको रिचार्ज गर्दा एक दिनका लागि एक जीबी, २०० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन एक जीबीका दरले दुई दिनका लागि दुई जीबी र ५०० रुपैयाँ तथा १ हजार रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिनका लागि आठ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

कम्पनीले यी सबै नयाँ सुविधा आगामी पुस १ गतेदेखि प्रारम्भ हुने र फागुन ३० गतेसम्म उपलब्ध हुने बताएको छ ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै

छुटाउनु भयो कि?