जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नक्कली शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

नक्कली शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेपछि नेकपा एमालेलाई आफ्नो सचिव जोगाउन मुश्किल परेको छ। यसअघि प्रहरीको सम्पर्कमा आउन चाहेका एमाले सचिव टोपबहादुर रायमाझी अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्त्रीलाई भेटेसँगै फरार भएका थिए।

रायमाझीलाई ओलीकै निर्देशनमा भारत पुर्‍याइएको आरोपसमेत लागेको अवस्थामा एमालेले सचिवालय बैठक राख्यो। मंगलबारको बैठकमा टोपबहादुरबारे कुरा उठेको बताए पनि सचिवालय बैठकपछि कुनै निर्णय सुनाइएन।

तर, बुधबार एकाएक पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण पक्राउ परे। खाण पक्राउ परेसँगै एमाले चौतर्फी दबाबमा पर्‍यो। लगत्तै एमालेले रायमाझीलाई प्रहरीमा आत्मसमर्पण गर्न निर्देशन दिएको छ।

3265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका