जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम युएसडीए बाट सूचीकृत

नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम युएसडीए बाट सूचीकृत

नबिल बैंकले US Department of Agriculture -USDA द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरणका लागि USDA सँग सम्झौता गरेको छ । नबिल बैंक USDA  कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले USDA बाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । USDA कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
USDA को निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा हो ।

3265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?