जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अग्नि ग्रुपले यज्दी ब्रान्डको बाइकको बिक्री सुरु गर्‍यो

अग्नि ग्रुपले यज्दी ब्रान्डको बाइकको बिक्री सुरु गर्‍यो

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले यज्दी ब्राण्डको बाइक नेपाली बजारमा बिक्री सुरु भएको छ। क्लासिक लिजेण्डका यज्दी मोटरसाइकललाई आइतबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रमको आयोजना गरी उक्त बाइकको बिक्री सुरु भएको जानकारी दिएको हो। क्लासिक डिजाइनका मोटरसाइकलका पारखीलाई लक्षित गरी नेपाली बजारमा उक्त ब्रान्ड थप गरिएको कम्पनीले जनाएको छ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले आफुहरु चारपाङ्ग्रेमा मात्र अफरोडर किङ नभइ बाइकमा पनि अफरोड किङ बन्ने बाटोतर्फ बढेको बताए।

भारतमा पनि राम्रो रुचाइएको ब्राण्ड यज्दीलाई नेपालमा पनि त्यसरी नै ग्राहकहरुले मन पराउनेमा आफुहरु आस्वस्त रहेको उनको भनाई छ।

भारतमा उत्पादित यज्दीका हालका लागि तीनवटा मोडल नेपाली बजारमा ल्याइएको छ। जसमा एड्भेन्चर, रोडस्टार र स्क्र्याम्ब्लर गरी तीन मोडलको बिक्री सुरु भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म छ। त्यस्तै, यज्दी स्क्र्याम्ब्लरको मूल्य ९ लाख ४८ हजारदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म छ।

त्यसैगरी, यज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

यस्ता छन् यज्दीका तीन मोडल

यज्दीका सबै मोटरसाइकल ३३४ सीसी इन्जिनयुक्त छ। महिन्द्रा ग्रुपअन्तर्गतको क्लासिक लिजेन्डले जावा, बीएसए र यज्दीका मोटरसाइकल उत्पादन गर्दै आएको छ।

यज्दी स्क्र्याम्ब्लरको फिचर यज्दी रोडस्टरबाट प्रेरित भएको देखिन्छ। यसमा एलईडी हेडलाइट, टेललाइट, टर्न इन्डिकेटर, क्लियर लेन्स र गोल आकारको एलसीडी डिजिटल डिस्प्ले जडान गरिएको छ। बाइकमा ह्यान्डलबार- माउन्टेड युएसबी र टाइप सी चार्जिङ प्वाइन्टजस्ता फिचर पनि छन्।

यज्दी स्क्र्याम्ब्लरमा ३३४ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक लिक्विड कुल्ड डीओएचसी युनिट प्रयोग गरिएको छ। यज्दी स्क्र्याम्ब्लर ६ रङमा आउने छ।

यसैगरी यज्दी एड्भेन्चर बाइकमा एलईडी हेडलाइट युनिट, एलसीडी डिजिटल डिस्प्ले दिइएको छ। यस बाइकमा ३३४ सीसी सिंगल सिलिन्डर ४- स्ट्रोक लिक्विड कुल्ड डीओएचसी इन्जिन जडान गरिएको छ। जसले ३०.२ पीएस पावर र २९.९ एनएम टर्क उत्पादन गर्छ। बाइकमा ६ स्पिड गियरबक्स छ।

यज्दी एड्भेन्चरमा टर्न बाई टर्न नेभिगेसन पनि छ। सो बाइकलाई ब्लुटुथमार्फत ब्रान्डको एपसँग पनि जोड्न सकिन्छ। एपले आगमन कल र सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी पनि प्रदान गर्छ।

यस्तै अर्को मोडल यज्दीको क्रुजर बाइक रोडस्टर नियो- रेट्रो डिजाइन स्टाइलमा उपलब्ध हुनेछ। यो बाइक तीनवटा कलरमा उपलब्ध छ। यज्दीले रोडस्टारमा ३३४ सीसी इन्जिन प्रयोग गरेको छ।

उक्त इन्जिन जावा बाइकमा समेत प्रयोग गरिन्छ। रोडस्टरमा रहेको सिंगल सिलिन्डर लिक्विड कुल्ड युनिटले २९.७ पीएस आउटपुट र २९ एनएम टर्क उत्पादन गर्छ।

1215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका