कामना सेवा विकास बैंकले फाइभ इन वान सेवाका लागि ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँग सम्झौता गरेको छ ।
उक्त यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवामार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको कम्पनीले बताएको छ ।
कम्पनीले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै,कम्पनीले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी-आस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।