जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा झण्डै ११ लाख बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा झण्डै ११ लाख बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १० लाख ९० हजारको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट १५ महिना पहिले १० लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका बगनासकाली १ चिर्तुङ्गधारका खिमानन्द पाण्डे ( कमल) को हृदयघातको कारण मृत्यु भए पछि दाबी भुक्तानी बापत बिमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरि जम्मा १० लाख ९० हजार रुपैयाँको चेक रकम मृतककि धर्म पत्नी लक्ष्मी पाण्डेलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीका पाल्पा शाखा प्रबन्धक विजय कार्की, सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेयले संयुक्त हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रबन्धक कार्कीले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर