जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल झर्यो

बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल झर्यो

बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशतभन्दा तल झरेको छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिएसँगै सीडी रेसियो पनि घट्न थालेको हो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंसिर ३० गते बैंकहरुको औसत सीडी रेसियो घटेर ७९.८९ प्रतिशतमा झरेको हो। अघिल्लो दिन मंसिर २९ गतेसम्म औसत सीडी रेसियो ८०.३४ प्रतिशत थियो।

मंसिर ३० मा एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ६० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६० खर्ब १० अर्ब रुपैयाँ थियो।

बैंकहरुले मंसिर ३० गतेसम्म कुल ४९ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँले बढी हो। बैंकहरुको अन्तरबैंक ब्याजदर भने २.७२ प्रतिशत रहेको छ।

3915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?