जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  

बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्य र प्रमुख अतिथि कन्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामी ले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको धन्यवाद ज्ञापन गरे । 

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

2800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका