जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकको नाफा ३३ करोड ६६ लाख रुपैयाँले घट्यो

नेपाल एसबिआई बैंकको नाफा ३३ करोड ६६ लाख रुपैयाँले घट्यो

नेपाल एनएमबी बैंकको नाफा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८.५९ प्रतिशतले घटेको छ । यो बैंकले पछिल्लो ६ महिनामा ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ ।

यस्तो नाफा गत वर्षको सोही अवधिमो तुलनामा ३३ करोड ६६ लाख रुपैयाँले घटेकोे हो । गत वर्ष यो बैंकले यो अवधिमा १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले यो अवधिसम्ममा २ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब्याज आम्दानी गत वर्षको सोही अवधिमा २ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ थियो ।

यो बैंकको चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ७ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
बैंकले यो अवधिमा १ खर्ब ६७ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब ८६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो बैंकको खराब कर्जा चालु आवको ६ महिनासम्ममा २.२९ प्रतिशत रहेको छ । यस्तो खराब कर्जा गत वर्षको सोही अवधिसम्ममा ०.४७ प्रतिशत मात्रै थियो ।

यो बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६१ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९२ पैसा रहेको छ

650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका