जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ समझदारी

एनआईसी एशिया र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ समझदारी

एनआईसी एशिया क्यापिटल र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुरयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।

कम्पनीका अनुसार उक्त सेवाअन्तर्गत काठमाण्डौ ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

काठमाण्डौ ल्यानको संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटीमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ ।

जसमध्ये पहिलो चरणमा ३३ वटा भिल्ला निर्माण गर्नका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरणबाट अनुमति प्राप्त गरी निर्माणको चरणमा छन्।

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका