जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले धुलिखेल र मलंगवामा सञ्चालनमा ल्यायो नयाँ शाखा कार्यालय

ग्लोबल आइएमई बैंकले धुलिखेल र मलंगवामा सञ्चालनमा ल्यायो नयाँ शाखा कार्यालय

ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा र काभ्रेको धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको छ।

बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सय भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका