जोडिनुहोस
आइतवार, फाल्गुन २४, २०८२
आइतवार, फाल्गुन २४, २०८२
  • होमपेज
  • ग्यासको कृत्रिम अभाव भएपछि आयल निगमले टेकुबाटै गर्ने थाल्यो वितरण 

ग्यासको कृत्रिम अभाव भएपछि आयल निगमले टेकुबाटै गर्ने थाल्यो वितरण 

बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा असहजता देखिएपछि नेपाल आयल निगमले काठमाडौंको टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ ।

नियमित डिलरहरूबाट ग्यास पाउन नसकेका र अतिआवश्यक अवस्थामा रहेका ’नीडी’ उपभोक्ताहरूलाई राहत दिन निगमले यो कदम चालेको हो । निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार हाल टेकु कार्यालयबाट नेपाल ग्यासका सिलिन्डरहरू वितरण भइरहेका छन् । उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको र ती ब्रान्डका ग्यास पनि छिट्टै उपलब्ध गराइने निगमले जनाएको छ ।

बजारमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष सेवा दिन यो व्यवस्था मिलाइएको हो । यस कार्यबाट ग्यासका लागि डिलरहरूमा धाइरहनुपर्ने र लामो समय कुर्नुपर्ने उपभोक्ताको बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?