जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेशनल लाइफद्धारा वसन्त पुनको परिवारलाई ५५ लाख ६ हजार मृत्युदाबी भुक्तानी

नेशनल लाइफद्धारा वसन्त पुनको परिवारलाई ५५ लाख ६ हजार मृत्युदाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमित वसन्त पुनको परिवारलाई ५५ लाख ६ हजार ६६६ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । पुनले २०७८ साल चैत २१ गते नेशनल लाइफको न्यूरोड शाखामा जीवन बीमा गरेका थिए । उनले २ कित्ता मात्रै बीमा शुल्क भुक्तानी गरेका थिए ।

बीमित पुनको गएको मंसिर ९ गते हृदयघातको कारण अल्पायुमै मृत्यु भएको थियो । अल्पायुमै मृत्यु वरण गरेका पुनको परिवारलाई कम्पनीले गएको पुस २४ गते मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको न्यूरोड शाखा प्रमुख नुतन राज मगरले बीमितको परिवारलाई दाबी बापतको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले छोटो समयमै दाबी भुक्तानी गरेको हो । दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिदै आएको कम्पनीले चरम आर्थिक मन्दीमा आकर्षक प्रथम बीमा शुल्क आर्जन गर्दै आइरहेको छ । वित्तीय व्यवस्थापनमा विशेष ध्यान दिदै आएको कम्पनीले बीमितलाई आकर्षक बोनसदर दिदै आएको छ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका