जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति विकास बैंकको पूर्व सिइओ ज्ञवाली नबिलमा डीजीएम

ज्योति विकास बैंकको पूर्व सिइओ ज्ञवाली नबिलमा डीजीएम

ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली नबिल बैंकमा आबद्ध भएका छन्।

उनलाई बैंकले नायव महाप्रबन्धकमा नियुक्त गरेको हो। उनले नबिलमा ‘चिफ फाइनान्स अफिसर’ को जिम्मेवारी पाएका छन्।

उनले केही समयअघि कार्यकाल बाँकी छँदै ज्यति विकास बैंक छाडेका थिए।

पछिल्लो समय नबिल बैंकले माथिल्लो तहमा बाहिरबाट कर्मचारी नियुक्त गर्न थालेको छ। केही समयअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल अवकाश भएका थिए। त्यो पदमा बैंकले ग्लोबल आइएमइबाट सुजित शाक्यलाई लैजाने तयारी गरेको छ।

7610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका