जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गोरखा नगरपालिका –१० बिरिन्चोकका स्वर्गीय फत्त बहादुर रानामगरको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

राना मगरको श्रीमती मन कुमारी राना मगर लाई एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले बीमा वापतको रु ३ लाख ४० हजार चार सय रुपैयाँको मृत्युदाबीको चेक हस्तान्तरण गरेका हुन् ।

राना मगरको केही महिना अगाडी सुगर प्रेसर सम्बन्धि समस्या बाट निधन भएको थियो । उनले एलआईसीमा १० बर्ष अगाडि २ लाख रुपैयाँको जिवन बीमा गरेका थिए ।मृत्यु दाबी भुक्तानी कार्यक्रममा बोल्दै एलआईसी नेपालका गोरखा शाखा प्रमुख नवीन पाण्डेले जीवन बीमा भनेको बचत र सुरक्षा भयकोले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । त्यसैले व्यक्तिले कमाएको २० देखी ३० प्रतिशत सम्म आम्दानी बीमामा लगानी गर्दा राम्रो हुने बताए ।त्यस्तै गोरखा शाखाका एजेन्सी म्यानेजर बुद्धि बहादुर अर्याल र मो फजल मियाले जीवन बीमाको महत्त्व र आबस्यकता माथी प्रकाश पारेका थियो ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका