जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बैंक ब्याजदर घट्दा आर्थिक गतिविधि बढ्दै गयो: गभर्नर

बैंक ब्याजदर घट्दा आर्थिक गतिविधि बढ्दै गयो: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताएका छन् ।  बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले यो वर्ष बैंकको कार्यसम्पादन उत्कृष्ट बनाउन विनियमावली संशोधन गरेको बताए । १० बिलासी बस्तुको आयात रोकेको स्मरण गराउँदै उनले राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताए । अहिले शोधानान्तर र विदेशि विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताए ।

उनले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गरे । वित्तीय ग्राहक, सम्पत्ति सम्बन्धि कानुनको मस्यौदा तयार रहेको उनले जानकारी दिए । गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताए । यो वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख घटेको उनले बताए । अब १ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका