जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • वीरगञ्जका तीन गोदाममा प्रहरीको छापा, १३ लाख बढी मूल्यको चामल बरामद

वीरगञ्जका तीन गोदाममा प्रहरीको छापा, १३ लाख बढी मूल्यको चामल बरामद

प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो ।

भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २० र २४ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यस्तै देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उनको भनाइ छ ।

बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको उनले जानकारी दिए ।

‘ भन्सार छलेर चामल ल्याई गोदाम भईरहेको छ भन्ने सूचनाको आधारमा टोली खटायौं, कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा चामल बरामद भएको छ ।’ उनले भने ‘गोदाम सञ्चालकहरुले चामलको बिल विजकहरु देखाउन सकेनन, त्यसैले बरामद गरेर भन्सार पठाएका छौं ।’

वीरगञ्जको मुख्य सडकमै साइकलमा दुई, तीन बोरा चामल, आलु बोकेर ल्याउने गरेको दृश्य देख्न सकिन्छ । खुला सीमाको दुरुपयोग गर्दै व्यापारीहरुले साइकल, मोटरसाइकलमा थोरै–थोरै परिमाणमा सिमावर्ती भारतीय बजार रक्सौलबाट खाद्यान्न लगायतका सामग्री दिनहुँ भित्र्याउने गरेका छन् ।

1675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका