जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आ.व २०७८/७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार रु.६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार रु.८५ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु.८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु.८५ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार रु.६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु.६४, २० र सो भन्दा माथिका लागि प्रति हजार रु.६४ को दरले बोनस दर तोकिएको छ ।

उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा÷दावी÷पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गर्दै आइरहेको छ ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका