जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्जाल विस्तार, स्वयम्भू र बालाजुमा नयाँ शाखा सञ्चालनमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्जाल विस्तार, स्वयम्भू र बालाजुमा नयाँ शाखा सञ्चालनमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो शाखा विस्तार गरेको छ। बैंकले बिहीबारदेखि काठमाडौंमा थप २ वटा शाखा संचालनमा ल्याएको छ।

बैंकले स्वयम्भू र बालाजुमा नयाँ शाखा खोलेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्‍घाटन गरे। उनले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने बताए।

बैंकले गत महिना काठमाडौंको अनामनगर र शंखमुल तथा ललितपुरको सातदोबाटो र भैंसेपाटीमा नयाँ शाखा खोलेको थियो।

स्वयम्भू र बालाजुमा नयाँ शाखा संचालनमा आएपछि बैंकको शाखा संख्या २६८ पुगेको छ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका