जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी परिपत्र संशोधन

विदेशी विनिमय कारोबार गर्ने निकायलाई जारी परिपत्र संशोधन

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले उक्त परिपत्र संशोधन गरेको हो ।

संशोधित व्यवस्थामा भिसा वापत संकलित नेपाली रुपैयाँको सटही सुविधा सम्बन्धी व्यवस्थामा नेपालस्थित विदेशी राजदुतावास नियोगहरुले भिसा दस्तुर वापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विलेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धीत विदेशी राजदुतावास नियोगको आधिकारिक अनुरोध पत्रको आधारमा सम्बन्धीत बैंकले यस्ते सटही सुविधा उपलब्ध गराउन सक्नेछन् । यस्तो सटही विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा यस विभागलाई उपलब्ध गराउनु पर्नेछ ।

त्यस्तै, इभिसा प्रणालीबाट भिसा आवेदन दिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा विभिन्न शर्तहरु पालना हुने गरि त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसा वापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतिय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

May be an image of text

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?