जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त दुई संचालकले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त दुई संचालकले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिका दुई सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल तथा प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।

नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका