जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा

नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा

‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीमो मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो ।

कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन स्थापना कालदेखि नै विभिन्न माध्यमबाट बीमा योजनाहरु ल्याएको छ । एउटा परिवारलाई आवश्यक सबै सुरक्षा प्रदान गर्न सक्ने आर्थिक समाधानहरु उपलब्ध गराउन प्रतिवद्ध रहेको नेशनल लाइफले विभिन्न प्रकारका बीमालेखहरु बिक्री गरिरहेको छ ।

सोही प्रतिवद्धता अनुसार कम्पनीले हाल विभिन्न प्रकारका १५ वटा बीमालेखहरु ग्राहकमा बिक्री गरिरहेको छ । जसले बीमितको परिवारलाई पूर्ण रुपमा आर्थिक सुरक्षा प्रदान गरिरहेको कम्पनीले जानकारी गराएको छ ।

कुन योजनाको फाइदा कस्तो ?

बाल अमृत (सावधिक)
अभिभावकको असामयिक निधन भएको अवस्थामा बच्चाको शिक्षा एवं अन्य खर्चलाई नियमितता प्रदान गर्ने यो एक उत्कृष्ट बीमा योजना हो । यदि बीमा अवधिभित्र अभिभावकको असामयिक निधन भएमा बीमांक रकमको २० प्रतिशत तुरुन्त भुक्तानी दिनुका साथै बच्चाको शिक्षा एवं अन्य खर्चको लागि बीमांक रकमको १ प्रतिशत आयको रुपमा मासिक रुपमा बीमा अवधिसम्म भुक्तानी गरिन्छ । र, बाँकी अवधिको लागि बीमाशुल्क भुक्तानी गर्नु पर्दैन र बीमा अवधि समाप्तिमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ, जसले उच्च शिक्षालाई समेत ठुलो सहयोग पुर्याउँछ । अभिभावकको निधन नभएको अवस्थामा बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ ।

बालअमृत (सावधिक) जीवन बीमालेख-१
हरेक अभिभावकको एउटा महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ, त्यो हो आफ्ना बाल बच्चाको उचित र राम्रो उच्च शिक्षा दिन सकियोस् । यसै आवश्यकतालाई मध्यनजर गरी ल्याइएको यस बीमा योजनामा बच्चा (बीमित) र अभिभावक प्रस्तावक) दुवै जनाको जोखिम बहन गर्ने गरी बीमालेख जारी गरिन्छ । जन्मेदेखि १५ वर्षसम्म उमेर भएका बच्चाको न्यूनतम ६ वर्षदेखि २० वर्षसम्मको अवधि राखेर अधिकतम ५० लाख रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । बीमा अवधिभित्र प्रस्तावकको असामयिक निधन भएको अवस्थामा बढीमा १० लाख रुपैयाँ तत्काल भुक्तानी गरिन्छ भने त्यसपछिको बीमाशुल्क मिनाहा गरिन्छ । बीमा अवधि समाप्ती हुनु २ वर्षअघि बीमाङ्क रकमको २५ प्रतिशत, १ वर्षअघि बीमाङ्कको २५ प्रतिशत र बाँकी ५० प्रतिशत र नियमानुसार बोनस बीमा अवधि समाप्तिमा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

सावधिक जीवन बीमा
कम्पनीका अनुसार यो मुनाफामा सरिक हुने बीमा योजना हो । यसमा जोखिम एवं वचत समावेश गरिएको छ । बीमा अवधि समाप्तिमा बीमांक रकम र पूरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ भने सो अवधि भित्र निधन भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस आश्रित परिवारलाई भुक्तानी गरिन्छ । यसले परिवारलाई पूर्ण रुपमा आर्थिक सुरक्षा प्रदान गर्दछ ।

सामूहिक सावधिक
यो बीमा योजनाले विभिन्न संघ संस्थामा संलग्न सदस्यहरुको समूहलाई एउटै बीमालेखमा समेटी बीमा सुरक्षा प्रदान गर्दछ । संस्थागत रुपमा संचालन गरिने भएकाले बीमाशुल्क दरमा विशेष छुटको ब्यवस्था हुँदा कम बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यस बीमालेख अन्तर्गत बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनससहित एकमुष्ठ रकम भुक्तानी गरिने छ । बीमितको असामयिक निधन भएमा बीमांक रकम र सो अवधिसम्मको बोनस भुक्तानी गरिने छ । प्रायः जसो संघ, संस्था यस योजनामा आकर्षित भै आफ्ना सदस्यहरुको बीमा यस योजना अन्तर्गत गरेका छन् ।

बचत अमृत सावधिक जीवन बीमा योजना
बचत अमृत सावधिक जीवन बीमा अन्तर्गत सीमित अवधिका लागि बीमाशुल्क भुक्तानी गरी निर्धारित अवधिसम्म पूरा अवधिको बोनस प्राप्त गर्न सकिने छ । वार्षिक र अर्धवार्षिक बीमाशुल्क भुक्तानीमा छुटका साथै बढी बीमाङ्क रकममा छुट सुविधा प्राप्त गर्न सक्ने व्यवस्था समेत यस योजनामा समावेश गरिएको छ ।

जीवन अमृत (सावधिक एवं आजीवन)
कम्पनीका अनुसार यो बीमा योजनामा सावधिक एवं आजीवन बीमा समाहित गरिएको छ । बीमा अवधि समाप्तीमा बीमांक रकम र पूरा अवधिको बोनससहित भुक्तानी गरिने छ । सो पश्चात् बीमितको निधन भएको बखतमा पुनः बीमाङ्क रकम भुक्तानी गरिने यो उत्कृष्ट बीमा योजना हो ।

अमृत वर्षा (अग्रिम भुक्तानी सावधिक)-१
यस बीमा योजनामा बीमा अवधि अगाडि नै तोकिएको समयमा बीमाङ्क रकमको तोकिएको रकम अग्रिम रुपमा भुक्तानी गरिन्छ । बीमा अवधि समाप्तीमा बाँकी रकम र पुरा अवधिको बोनस एकमुष्ठ भुक्तानी गरिन्छ । समय समयमा नियमित रकम प्राप्त हुने हुनाले आवश्यकता अनुसारको आर्थिक सुरक्षा प्राप्त हुन्छ । यदि बीमितको निधन भएको अवस्थामा पुरा बीमांक (पहिले लिएको रकम कट्टा नगरी) र सो अवधिसम्मको बोनस एकमुष्ठ भुक्तानी दिइन्छ ।

दम्पत्ति अमृत (सावधिक)
यो बीमा योजनामा बिवाहित जोडीलाई एउटै बीमालेखमा समेटी आर्थिक जोखिम वहन गरिन्छ । यस बीमा योजनामा पति वा पत्नीमध्ये कुनै एकको निधन भएमा बीमांक रकम तुरुन्त भुक्तानी दिइन्छ र एकको मृत्यु पश्चात् बाँकी बीमाशुल्क भुक्तानी गर्नु पर्दैन । बीमा अवधि समाप्तीमा जीवित पति वा पत्नीलाई बीमांक रकम र पूरा अवधिको बोनससहित एकमुष्ठ भुक्तानी गरिन्छ । यदि दुवै जीवित रहेको अवस्थामा बीमा अवधि समाप्तिमा बीमांक रकम र बोनस एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

अमृत श्री बीमालेख अग्रीम भुक्तानी/आजीवन
यस बीमा योजनामा बीमितले दोस्रो वार्षिक उत्सवदेखि प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतले बीमाङ्क रकम फिर्ता पाउनेछन् र बीमालेख समाप्तीमा बाँकी रकम नियमानुसारको बोनस रकमसहित प्राप्त गर्नेछन् । समय समयमा यसरी रकम प्राप्त हुने हुनाले बीमाशुल्क रकम तीन एवं आफ्नो अन्य आवश्यकता पूरा गर्न सहज हुनेछ । बीमितको मृत्यु भएमा भुक्तानी भएको रकम नकाटिकन बीमाङ्क रकम बोनससहित प्राप्त हुनेछ । यो बीमालेख आजीवनसहित उपलब्ध छ ।

सञ्जिवनी अमृत (सावधिक)
यस बीमा योजनामा न्यूनतम बीमाशुल्कमा अधिकतम जोखिमबहन हुने व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिले ५ वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १०० प्रतिशत, ६ वर्षदेखि १० वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १२५ प्रतिशत, ११ वर्षदेखि १५ वर्षभित्र मृत्यु भएमा बीमाङ्कको १५० प्रतिशत र १६ वर्षदेखि २० वर्षभित्र मृत्यु भएमा बीमाङ्कको २०० प्रतिशत रकम बोनससहित प्राप्त हुनेछ । बीमा अवधि समाप्तिमा बीमित जीवित रहेमा बीमाङ्क र नियमानुसारको बोनस प्राप्त हुनेछ ।

भविष्य वृत्ति (पेन्सन प्लान)
एउटा निश्चित अवधि पश्चात प्रत्येक व्यक्तिले आफ्नो पेशावाट अवकाश लिनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा नियमित रुपमा मासिक आय आर्जन गर्न यस बीमा योजनाले सहयोग पुयाउँछ । यसरी अवकाशको समयपछि पनि यो बीमालेखले आर्थिक स्वतन्त्रता प्रदान गर्दछ । त्यसैले आफु कति वर्षको उमेरमा अवकाश लिने र आफुलाई अवकाशको समयमा मासिक कति रकम आवश्यक पर्दछ, त्यो वेलामा आफुले छनौट गरी आफुले भने जसरी अवकाशको जिन्दगी ज्ञापन गर्नको लागि यो उत्कृष्ट बीमा योजना सावित भएको छ ।

एनएलआईसी म्यादी अमृत बीमा योजना
देशका विभिन्न क्षेत्रमा न्यून आयश्रोत भएका विपन्न वर्गहरुलाई लक्षित गरी कर्जा प्रदान गर्दै आएका वित्तीय संघ संस्थाको कर्जा उपयोग गर्ने व्यक्ति (ऋणी) हरुको जीवन बीमामार्फत सूरक्षा प्रदान गरी आर्थिक संरक्षणका लागि न्यून दरमा दुर्घटना जोखिम स्थायी पूर्ण अपाङ्गता र काजक्रिया खर्च समेत संयुक्त तथा अलग अलग समावेश गरी यो योजनाबाट अधिकतम लाभ प्राप्त गर्न सकिन्छ । न्यूनतम १६ वर्षदेखि अधिकतम ६५ वर्षसम्मका व्यक्तिहरु यसमा समावेश हुन सकिने छ ।

सरल अमृत (म्यादी एवं रकम फिर्ता)
कम्पनीका अनुसार न्यूनतम बीमाशुल्कमा बीमा अवधि ३ वा ५ वा १० वा १५ वर्षका लागि तयार गरिएको यो म्यादी बीमा योजनामा दुर्घटना लाभसहित समावेश गरिएको छ । बीमितको दुर्घटनाबाट निधन भएमा दोब्बर बीमांक रकम भुक्तानी गरिनेछ । यदि बीमितको निधन नभएको अवस्थामा तोकिएको ब्याजसहित बीमाशुल्क फिर्ता गरिनेछ । यो खासगरी लघु बीमालाई लक्षित गरि तयार गरिएको हो ।

लघु अमृत जीवन बीमा योजना
यो बीमा योजना खासगरी सामाजिक दायित्व बहन गर्ने सन्दर्भमा देशका विभिन्न क्षेत्रमा निम्न आय भएका विपन्न वर्गहरुलाई लक्षित गरी लघु कर्जा प्रदान गर्दै आएका वित्तीय संस्थाको कर्जा एवं कर्जा उपयोग गर्न व्यक्ति (ऋणी) को जीवन बीमा मार्फत सुरक्षा प्रदान गरी आर्थिक संरक्षणका लागि यस लघु अमृत बीमा योजनामा न्युनतम बीमाशुल्कमा बीमा गर्न सकिन्छ ।

म्यादी अमृत जीवन बीमा योजना
कम्पनीका अनुसार विभिन्न वित्तीय संस्थाहरुले प्रवाह गरेको ऋणलाई सहज बनाउन त्यस्ता ऋणीहरुको असामयिक निधन भएको अवस्थामा जोखिमको भार बीमकले बहन गरी वित्तीय संस्था एवंम् ऋणीलाई पूर्ण आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले ‘म्यादी अमृत जीवन बीमा’ संचालन गरिएको हो । यस योजनामा न्युनतम बीमाशुल्कमा व्यक्तिगत एवं सामुहिक दुवै गर्न सकिने र दुर्घटना मृत्यु लाभ (एडीबी) पनि समावेश गर्न सकिने छ ।

1930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?