जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, बिवादका कारण उपेन्द्र कोइरालाले पाएनन् ठाउँ

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा, बिवादका कारण उपेन्द्र कोइरालाले पाएनन् ठाउँ

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले धनिराम शर्मालाई अध्यक्ष चयन गरेको छ। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनियताको शपथ पनि लिएका छन्।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले शर्मालई अध्यक्षमा चयन गरेको हो। शर्मा अर्थ मन्त्रालयका सह सचिव हुन्।

शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत उपस्थित थिए।

बैंकको अध्यक्ष बनाउने गरी सरकारले प्रा डा उपेन्द्र कोइरालालाई अध्यक्ष बनाएको थियो।

धेरै पटक लाभको पदमा पुगेको र उपप्रधानमन्त्री इश्वर पोखरेलको सम्धि भएका भारमा नियुक्ति पाएको आरोप लागेपछि उनलाई अध्यक्ष बनाउन सञ्चालक समितिले सकेको थिए। अन्तत: शर्मा अध्यक्ष चयन भएका हुन्

7355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?