जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालद्वारा शपथ ग्रहण

एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालद्वारा शपथ ग्रहण

एनआईसी एशिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले शपथ लिनुभएको छ । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । आइतबार सम्पन्न बैंकको २४ औं साधारण सभा सम्पन्नपश्चात बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा चयन गरेको थियो ।

बैंकको वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३–३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई र सर्वसाधारण शेयरधनीहरूको तर्पmबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?