जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकले धनगढीको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका संस्थापक अध्यक्ष स्व। नबराजबहादुर सिंहको स्मृतिमा स्थापित नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उदेश्यले रु ५० हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्तकार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षाअपरिहार्य रहेको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक भूपालसिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने बताए ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका