जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा दीपककुमार श्रेष्ठ

एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा दीपककुमार श्रेष्ठ

एशियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा दीपककुमार श्रेष्ठ चयन भएका छन्। आइतबार बाराको सिमरामा भएको १२औं साधारणसभाबाट श्रेष्ठ संचालक समिति सदस्यमा चयन भएका थिए।

सोमबार भएको कम्पनीको १६४औं संचालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। उनले मंगलबार पद तथा गोपनियताको सपथ लिइसकेका छन्।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सपथ कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र एशियनका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ समेत सहभागी थिए।

4755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?