जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • राजधानीका १५ स्थानमा टेलिफोन र इन्टरनेटका तार भूमिगत गरिँदै

राजधानीका १५ स्थानमा टेलिफोन र इन्टरनेटका तार भूमिगत गरिँदै

सरकारले पहिलो चरणमा काठमाडौ उपत्यकाका १५ स्थानमा रहेका टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तार अन्डरग्राउण्ड गरिने भएको छ ।

आगलागीको जोखिम पनि उत्तिकै बढेको भन्दै तार भूमिगत गर्न लागिएको हो । पहिलो चरणका काठमाडौँ उपत्यकाका १५ स्थानमा नमूना परियोजनाको रुपमा टेलिफोन, इन्टरनेट सेवा प्रदायको तार भूमिगत गर्ने भएको हो । मन्त्रिपरिषद्को यही कात्तिक ५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पहिलो चरणमा विमानस्थल, कलंकी सिनामङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत गर्न लागेको हो ।

सरकारले ती स्थानका तार भूमिगत गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । एउटै खम्बामा दर्जनौँ संस्थाका तार रहँदा आगलागीको खतरा बढेको तथा पैदलयात्रुसमेत जोखिममा परेको एवं नजिकका घरधनीलाई समेत समस्यामा पारेको वास्तविकतालाई आत्मसात् गरेर तार भूमिगत गर्न लागिएको सरकारको बुझाइ रहेको छ ।

13235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका