जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ह्याकर सर्भरमा पस्न खोज्दा सबै सरकारी वेबसाइट डाउन

ह्याकर सर्भरमा पस्न खोज्दा सबै सरकारी वेबसाइट डाउन

ह्याकर अनधिकृत रुपमा सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलका अनुसार अध्यगमन विभागको वेबसाइटबाट ह्याकरहरुले अनधिकृत रुपमा सर्भरमा पहुँच गर्न खोज्दा समस्या देखिएको बताए। त्यही भएका कारण अधिकांश जिओभी डट कम डट एनपी अर्थात नेपाल सरकारका साइटहरु घण्टौंदेखि अवरुद्ध हुन पुगेका छन्।

‘इमिग्रेसनको पनि समस्या आएको छ। त्यो बाइपास गरेर बाहिरबाट हाम्रो फायरवालमा आक्रमण आएको हो। प्राविधिक साथीहरु यसलाई समाधान गर्न र आवश्यक सुरक्षा रणनीतिमा काम गरिरहनु भएको छ। बाहिरबाट अनधिकृत पहुँच बिना हाम्रो सिस्टम यसरी डाउन हुँदैन। हाम्रो रिक्वेस्ट भित्र अनधिकृत पहुँच नभएपछि फायरवालले त्यसलाई रोक्यो,’ बिजमाण्डूसँगको कुराकानीमा पोखरेलले भने, ‘प्राविधिक साथीहरु अब उक्त अनधिकृत पहुँचलाई पहिल्याएर सिस्टम री-इस्टार्ट गर्नुपर्‍यो कि त सर्भिसलाई डाउन गर्नुपर्‍यो। के हो हामी अध्ययन गरिरहेका छौं।‘

यही समस्याका कारण अध्यागमनको पनि सिस्टम डाउन भएर अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत अध्यागमन प्रणालीमा प्राविधिक समस्या आउँदा डेढ घण्टा यता अन्तर्राष्ट्रियतर्फका उडान प्रभावित भएका हो।

प्राविधिक समस्या आएका कारण अन्तर्राष्ट्रिय तर्फ हुँदै आएको नियमित उडानमा एक घण्टा भन्दा बढी समय ढिलो भएको विमानस्थल महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए।

‘यस्तो प्राविधिक समस्या विगतमा पनि आउने गरेको थियो। डेढ घण्टा यता सिस्टम डाउन छ। आउजाउ गर्ने यात्रुलाई यतिखेर म्यानुअल्ली सेवा दिइएको छ,’ महाप्रवन्धक ठाकुरले भने,’उडान ठप्प भएको छैन। सिस्टम रिपेयरको काम सुरु भैसकेको छ।‘

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका