जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्य

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्य

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्‍ति अनुसार, यस कार्डमार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गरिनेछ।

यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि सहयोग पुग्ने बैंकको विश्वास छ।

3325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका