जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विकास आनन्दले पाए नेपाल एसबिआई बैंकमा डेपुटी सीईओको जिम्मेवारी

विकास आनन्दले पाए नेपाल एसबिआई बैंकमा डेपुटी सीईओको जिम्मेवारी

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को जिम्मेवारी विकास आनन्दले पाएका छन् ।

प्रमुख संचालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका आनन्द बरिष्ठताको आधारमा डेपुटी सीइओ बनेको हुन् । उनको कार्यकाल आज अर्थात् जेठ १३ गतेदेखि लागू हुनेछ ।

नेपाल एसबिआई र भारतीय स्टेट बेंक बीचको प्राविधिक सेवा सम्झौता बमोजिम आनन्द प्रमुख संचालक अधिकृतको रुपमा खटिएका थिए । बैंकको जेठ १२ गते बसेको संचालक समितिको बैठकले उनलाई डेपुटी सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

हाल बैंकको डेपुटी सीईओको जिम्मेवारी राजेश कुामर पंडाले सम्हाल्दै आएको थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत हुन् । आजदेखि भने उनले प्रमुख वित्तीय अधिकृतको मात्रै जिम्मेवारी सम्हाल्नेछन् ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?