जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बीओकेको नाफा १ अर्ब ८१ करोड

आर्थिक विशेष

बीओकेको नाफा १ अर्ब ८१ करोड

बीओकेको नाफा १ अर्ब ८१ करोड

बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षमा १ अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्ष १ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले ग्लोबल आइएमई बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

१० अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बीओकेले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ३० करोड गरेको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ९ अर्ब तथा कर्जा १ खर्ब २ अर्ब छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ३ अर्ब तथा कर्जा ९३ अर्ब थियो । असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८८.२५ प्रतिशत छ । अघिल्लो वर्ष १.०४ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष बढेर १.१८ प्रतिशत पुगेको छ ।

बैंकको बेसरेट ९.८३ प्रतिशत छ । अघिल्लो वर्ष ७.४४ प्रतिशत थियो । यस्तै बैंकको स्प्रेडदर ३.६१ प्रतिशत छ । अघिल्लो वर्ष ३.०३ प्रतिशत थियो । बैंकको पुँजीकोष अनुपात १२.९४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १७.०४ रुपैयाँ छ ।

2690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका