जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • ‘सुध्रिने मौका दिएका छौं’:गभर्नर

‘सुध्रिने मौका दिएका छौं’:गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंक वित्तीय संस्थाका सञ्चालक र ब्यवस्थापनले जनताको निक्षेप आफ्नै जस्तै गरेर चलाउँदा समस्या आएको बताएका छन्।

समृद्धि फाइनान्सको उद्घाटन गर्दै गभर्नर नेपालले सञ्चालक र ब्यवस्थापनलाई निक्षेपकर्ताको पैसा एकदमै संवेदनशील भएर उपयोग गर्न सुझाब पनि दिए।

समस्याग्रस्त संस्थाबाट मुक्त भएको वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा अहिले नयाँ लगानीकर्ता प्रवेश गरेका छन्। संस्थाको पुरानो नाम परिवर्तन गरेर ‘समृद्धि फाइनान्स’ राखिएको छ।

‘हिजो सबै पैसा मेरो हो भनेर बाँडीचुँडी खाँदा समस्या आएको हो’ गभर्नर नेपालले भने, ‘हामीले सुध्रिने मौका दिएका छौं। जनताको पैसा संवेदनशील भएर प्रयोग गर्नु होला।’

गभर्नर नेपालले बैंक वित्तीय संस्थामा कमाउँछु भन्ने सोच बोकेर आएको भए त्यो त्याग्न पनि सुझाब दिए। उनले भने ‘कमाउँछु भनेर आउनु भएको भए आजै बैंक वित्तीय संस्था छाडिदिनुस्। कमाउने भए आफ्नै ब्यवसाय गर्नु होला।’

उनले निजी क्षेत्रले लगानी गरेपनि बैंक वित्तीय संस्था कहिले निजी नहुनेसमेत बताए। जनताको अर्बौं अर्ब निक्षेप रहने भएकाले निजी नठान्न पनि उनले सुझाब दिए। गभर्नरले भने- ‘संस्थामा शेयरधनीको पैसा १० प्रतिशत मात्र हो, बाँकी ९० प्रतिशत जनताको निक्षेप हुन्छ। त्यसैले बैंक वित्तीय संस्था निजी हुँदैन।’

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पुष्पप्रसाद श्रेष्ठले अहिलेको १८ करोडको चुक्ता पूँजी २ बर्षभित्र ८० करोड पुर्याउने जानकारी दिए। उनले संस्थाको वासलात राम्रो देखिएपछि मर्जरका लागि पनि पहल गर्ने बताए।

कम्पनीका अध्यक्ष टिकानिधी लोहनीले संस्थागत सुशासन पालनमा सँधै कटिबद्ध रहने बताए

9945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका