जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • विदेशमा लगानी गर्नेमाथि राष्ट्र बैंकले गर्यो कडाई

विदेशमा लगानी गर्नेमाथि राष्ट्र बैंकले गर्यो कडाई

नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न थप कडाई गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको हो । तर, राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना भित्र अन्तरनिहित उद्देश्य के हो भन्ने बारे भने शंका उत्पन्न भएको छ । त्यसका केही महत्वपूर्ण कारणहरु छन् ।

के छ सूचनामा ?
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्यगर्न प्रतिबन्ध गरेको हुँदा कुनैपनि किसिमले विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न/नगराउनु अनुरोध छ ।’

साथै नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने समाचार एवं विवरण सार्वजनिक भएको पाइएपछि राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको हो । बैंकले व्यवस्था गरे विपरित त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

शंकाको कारण
स्मरण रहोस् उच्च राजनीतिक पहुँच भएका र सांसद समेत रहेका नेपालका एक मात्र डलर अर्बपती विनोद चौधरीले हालसालै श्रीलङकाको एउटा बैंकमा लगानी गरेको समाचार सार्वजनिक भएको थियो । त्यतिमात्र होइन उनका अपारदर्शी र गैर कानुनी लगानीबारे विश्वभरका खोज पत्रकारहरुको सञ्जालले केही समयअघि रिपोर्ट समेत सार्वजनिक गरेको थियो ।

कानुनमा रहेका कतिपय छिद्र र कमीकमजोरीहरुलाई प्रयोग गर्दै नेपालबाट पुँजी पलायनमा एउटा ठूलो गिरोह नै सक्रिय छ भन्ने चर्चा व्याप्त रहेका बेला राष्ट्र बै.कले यस्तो सुचना सार्वजनिक गर्नु आफैमा सकारात्मक कुरा हो ।

तथापी कानुनले बर्जित गरेका कामहरु नगर भनेर सूचना नै प्रकाशित गर्नुको अर्थ के ? कतै म कुटै झैं गर्छु तिमी रोए झैं गर भन्ने ढंगको काम त यो होइन ? गैर कानुनी गतिविधि गर्नेलाई सिधै कारवाही गरे भइहाल्यो नी भन्दै राष्ट्र बैंकको सूचना प्रकाशन गर्नुको पछाछी रहेकेो नियत माथि नै शंका गर्नेहरु पनि कम छैनन् ।

तर, नेपालको नियामक निकाय र कानुन लागु गर्ने राज्यका महत्वपूर्ण अड्डाहरुमा आफ्नो सिधा पहुँच र प्रभाव राखेका कारण उनी माथि कुनै प्रकारको अनुसन्धान र छानबिन भएको छैन ।

आम मानिस र सञ्चार माध्ययमहरुले पटक पटक उठाउँदै आएका यस्ता विषयहरुमा हामी केही गर्दैछाैं भन्ने भ्रम छर्न कर्मकाण्डी सूचना मात्रै प्रकाशित गरेको हो या नेपाललाई खोक्रो पार्दै स्वदेशी सम्पत्ति विदेशमा थुपार्ने यस्ता गिरोह र त्यसका नाइकेहरुलाई कानुनको कठघारामा उभ्याउने नै लक्ष्य राष्ट्र बैंकले बोेकेको हो त्यो भने हेर्न बाँकी नै छ ।

यदी राष्ट्र बैंकले सुक्ष्म ढंगले नेपालबाट विदेशमा लगानी गर्नेहरुको निगरानी गर्ने र फेला परेका तथ्यहरुका आधारमा कारवाही गर्ने हो भने राज्यको नीति निर्माण तहमा समेत बलियो उपस्थिति बनाएका र नीतिगत फेरबदल मार्फत आफ्ना स्वार्थ सिद्ध गर्ने उद्देश्यले सक्रिय रहेका दलाल पुँजीपतिहरु निरुत्साहित बन्ने र स्वदेशी पुँजीको विस्तार र सम्वद्र्धन हुने धारणा विश्लेषकहरुले राख्दै आएका छन् ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका