जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गुरुङ्ग, राणा, मुरारका कुमारी बैंकका व्यावसायिक साझेदार

गुरुङ्ग, राणा, मुरारका कुमारी बैंकका व्यावसायिक साझेदार

कुमारी बैंकमा २२ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् ।

साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबाट ७ जना गरी २२ जना सेयरधनीहरूको सबैभन्दा ठूलो सेयर रहेको हो ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोषको २.९६ प्रतिशत अर्थात् ७७ लाख ५३ हजार २३९ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, अमिर प्रताप जबराको २.०२ प्रतिशत अर्थात् ५२ लाख ९० हजार ५८१ कित्ता, नागरिक लगानी कोषको १.७१ प्रतिशत अर्थात् ४४ लाख ८९ हजार १७२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत अर्थात् ३६ लाख ५२ हजार ९३१ कित्ता, जानकी कुमारी जबरा राणा शाहीको १.३० प्रतिशत अर्थात् ३४ लाख ६ हजार ९२६ कित्ता, साबित्री गुरुङ्गको १.२४ प्रतिशत अर्थात् ३२ लाख ३९ हजार ६८५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत अर्थात् २८ लाख ३७ हजार ६२१ कित्ता, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत अर्थात् २४ लाख ९३ हजार ८६६ कित्ता, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत अर्थात् २४ लाख ८५ हजार ३३४ कित्ता, विरेन्द्र कुमार साहको ०.९१ प्रतिशत अर्थात् २३ लाख ८७ हजार २५८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत अर्थात् १९ लाख ५० हजार ९४४ कित्ता, पशुपति मुरारकाको ०.६७ प्रतिशत अर्थात् १७ लाख ५७ हजार ३१८ कित्ता, गौरी श्रेष्ठको ०.६२ प्रतिशत अर्थात् १६ लाख ३२ हजार ९९० कित्ता, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत अर्थात् १५ लाख ७९ हजार ३९९ कित्ता, मिन बहादुर गुरुङ्गको ०.६० प्रतिशत अर्थात् १५ लाख ७१ हजार ३६२ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् १५ लाख ६८ हजार ७३ कित्ता, नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् १५ लाख ४४ हजार ३६० कित्ता, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३२६ कित्ता, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १४ लाख ४२ हजार ८११ कित्ता, अनुपमा राठीको ०.५५ प्रतिशत अर्थात् १४ लाख ३२ हजार ३३५ कित्ता, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत अर्थात् १३ लाख ९४ हजार ८० कित्ता र नबिन अग्रवालको ०.५२ प्रतिशत अर्थात् १३ लाख ७१ हजार ७०६ कित्ता सेयर स्वामित्व रहेको छ ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका