जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सरकारको ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात

सरकारको ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात

नेपाल राष्ट्र बैंकले सरकारी ढुकुटीमा सवा २ खर्ब नगद मौज्दात रहेको जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न बैंक तथा वित्त कम्पनीको खातामा रहेको सरकारी कोष २ खर्ब १५ अर्ब २६ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको हो ।

यो संघ (केन्द्र सरकार), प्रदेश तथा स्थानीय तहको खातामा रहेको रकम समेतको एकमुष्ट नगद मौज्दात हो । २०८० असार मसान्तमा यस्तो मौज्दात जम्मा ६५ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको थियो । पछिल्लो ७ महिनामा १ खर्ब ४९ अर्ब ९० करोड रुपैयाँले नगद मौज्दात बढेको छ । यसले सरकारी कोष मजबुत रहेको प्रस्ट हुन्छ ।

तर, समीक्षा अवधिमा लक्षित बजेट खर्च गर्न नसकेको सरकारले गएको ७ महिनामा ६ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको थियो ।

यस्तै, समीक्षा अवधिमा राजस्वतर्फ जम्मा ५ खर्ब ६८ अर्ब ४० करोड रुपैयाँ संकलन हुन सकेको केन्द्रीय बैंकले जनाएको छ । आय व्ययको हिसाबमा सरकार १ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ घाटामा रहेको छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?