जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राधिकरणले ल्यायो मोबाइल एप, घरमै बसेर मिटर रिडिङ र महसुल तिर्न सकिने

प्राधिकरणले ल्यायो मोबाइल एप, घरमै बसेर मिटर रिडिङ र महसुल तिर्न सकिने

नेपाल विद्युत प्राधिकरणले हरेक ग्राहकले आफ्नो घरको मिटर आफैंले रिडिङ गर्न सक्ने र महसुल भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरेको छ । प्राधिकरणले केही दिनयता मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको छ । आम ग्राहकलाई प्राधिकरणले प्रदान गर्ने सेवा छिटो/छरितो, गुणस्तरीय र आधुनिक बनाउन एप प्रयोगमा ल्याएको प्राधिकरणले बताएको छ ।

एपमा अनलाइन पेमेन्ट सिस्टम, बिल पेमेन्ट इन्क्वायरी, सेल्फ मिटर रिडिङ, नो लाइट कम्प्लेन सेक्सनलगायतका सुविधाहरू रहेका छन् । साथै, प्राधिकरणका अन्य गतिविधि, वार्षिक प्रतिवेदन, सूचना लगायत सामग्री वेवसाइटमा जस्तै हेर्न सकिनेछ ।

प्राधिकरणले यसअघि नै अनलाइनबाट आफैंले घरको मिटर रिडिङ गर्ने प्रणाली ल्याइएको थियो । कोरोना भाइरसका कारण गरिएको लकडाउनले कर्मचारीहरू मिटर रिडिङ गर्न घरघर जान नसक्ने स्थिति भएपछि मोबाइल एपमार्फत महसुल भुक्तानीदेखि गुनासो सुनुवाइसम्मका सेवा दिन सकिने एप प्रयोगमा ल्याइएको हो ।
ग्राहकले आजदेखि एप प्रयोग गरेर सम्बन्धित कार्यालय तथा शाखासमक्ष गुनासो वा समस्या राख्न सक्ने व्यवस्था मिलाएको छ । आम ग्राहकले प्राधिकरणको वेबसाइट वा गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गर्न सकिन्छ ।

प्राधिकरणले आफैंले मिटर रिडिङ गरेर अनलाइनबाट महसुल भुक्तानी गर्न र समयमै भुक्तानी गरेबापत छुट प्राप्त गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध पनि गरेकोे छ । घरको मिटर रिडिङ गर्नुपूर्व ग्राहकले केही प्राविधिक प्रक्रिया भने पुर्याउनुपर्ने हुन्छ ।

प्राधिकरणले ग्राहकसँग जोडिएका सम्पूर्ण गतिविधिलाई अनलाइन प्रणाली (डिजिटाइज) गर्ने तयारीका साथ काम गरिरहेको छ । पहिलो चरणमा आम ग्राहकसँग जोडिएपनि दोस्रो चरणमा विद्युत्गृह, सबस्टेसन, लोडसेन्ट लगायत क्षेत्र पनि स्वचालित बनाउने तयारी प्राधिकरणले गरिरहेको छ ।
प्राधिकरणका अहिले देशभर करिब ४० लाख ग्राहक छन् । यी मध्ये ४० प्रतिशत औद्योगिक र बाँकी ६० प्रतिशत गार्हस्थ तथा अन्य ग्राहक छन् । औद्योगिक क्षेत्र पूर्ण रूपमा बन्द भएकाले अनलाइन मिटर रिडिङ प्रणाली गार्हस्थ वा अन्य वर्गका लागि मात्र उपयोग हुने देखिन्छ । द्योगिक क्षेत्रमा टिओडी (टाइम अफ डे) मिटर भएकाले पनि यो प्रणाली गार्हस्थ वर्गका लागि बढी प्रभावकारी हुनेछ । प्राधिकरणले लकडाउनको समयमा पनि देशभरका अधिकांश महसुल काउन्टर खुला गरेपनि अपेक्षित रूपमा महसुल उठेको छैन ।

विद्युत महसुल उठ्न नसकेपछि प्राधिकरणलाई दैनिक खर्च व्यवस्थापन गर्न धौ धौ परेको परेको छ । कर्मचारीका लागि तलब, निजी क्षेत्रलाई विद्युत् खरिद गरेको भुक्तानी लगायत शीर्षकमा खर्च गर्न प्राधिकरणलाई मासिक करिब ६ अर्ब रुपैयाँ आवश्यक पर्छ ।

कसरी तिर्ने एपमार्फत विद्युत महसुल ?

अहिले ग्राहकको घरमा ३ प्रकारका मिटर जडान गरिएको छ । तिनमा दिइएबमोजिम मिटर रिडिङ गर्नुपर्ने हुन्छ । ‘पुराना ५ अंक भएको मिटरमा सुरुका ४ अंक राखेर भुक्तानी सम्बन्धी प्रक्रियामा जान सकिन्छ भने ६ अंकको मिटरमा सुरुका ५ अंक राख्नुपर्ने हुन्छ ।
यसैगरी, ग्राहकको घरमा जडित एभोन र डिनफ डिजिटल मिटर रिडिङ वा भुक्तानी प्रक्रिया अपनाउन यसैको नियम पालना गर्नुपर्छ । एभोन मिटरको हकमा कम्प्युटर स्क्रिनमा देखाउने बटनमा तीन पटक थिचेपछि देखिने अंक र डिनफको हकमा चार पटक थिचेपछि देखिने केडब्लूएच इन्ट्री गरेपछि भुक्तानी प्रक्रियामा सहजै जान सकिन्छ । त्यस पछि महसुल भुक्तानी गर्न सकिन्छ ।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका