

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए ।
भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसायोग्य रहेको बताए । मन्त्री पुनले खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्न सुझाव दिए ।
भेटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका बारेमा छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बताए ।